जेठ मसान्तसम्मका लागि लम्बियो सिरहा र महोत्तरीको निषेधाज्ञा
जेठ मसान्तसम्मका लागि लम्बियो सिरहा र महोत्तरीको निषेधाज्ञा
२० जेठ, काठमाडौं– सिरहा र महोत्तरीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि लम्ब्याइएको छ ।
जेठ २१ गतेसम्मका लागि सिरहामा यसअगाडि नै घोषणा गरिएको थियो । सोही निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ मसान्तसम्मका लागि लागू गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो ।
त्यस्तै महोत्तरीमा पनि जेठ मसान्तसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । महोत्तरीमा जेठ २० गतेसम्म कायम रहेको निषेधाज्ञालाई लम्ब्याएर जेठ मसान्तसम्मका पु¥याइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE