Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

विश्वव्यापी फैलंदै कोरोनाको नयाँ रुप

१४ पुष
काठमाडौं–
कोरोनाको परिवर्तित रुपको भाइरस विश्वव्यापी रुपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले भाइरसको उत्परिवर्तन सामान्य रहेको र भविष्यमा फैलिइरहने यो नयाँ कोरोना भाइरस सजिले पत्ता लाग्ने जनाएको छ ।

संगठनकी विशेषज्ञ मेरिया भान केर्कोभले उत्परिवर्तित भाइरसको फेलावट झन् जोखिमपूर्ण हुने बताउनुभयो ।

बेलायत र अफ्रिकामा देखिएका कोरोनाका नयाँ भाइरस फरक–फरक प्रकारका भएको उहाँले जानकारी दिनुभयो । भविष्यमा कोरोनाका नयाँ नयाँ रुपका भाइरसहरु अरु पनि देखिने तर मौजूदा भाइरसभन्दा खतरनाक नहुने भनाइसहितको विश्व स्वासथ्थय संगठनको प्रतिवेदन पनि सारवजनिक गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE