Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको तयारी पुरा

    • सिंहराज योन्जन

२० चैत
काठमाडौँ – प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । दोरम्बा गाउँपालिकाको साझेदारीमा शैलुङ खेलकुद बिकास समिति दोरम्बा – २, को  आयोजनामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने लागेको हो ।

खेल दोरम्बा गाउँपालिका–२ रामेछापमा  हुनेछ । प्रतियोगितामा सहभागी टीमले बैंक खाता न.  R९०१०१००००८६० मा शुल्क तिरेर टिम दर्ता गर्न सकिने दोरम्बा गाउँपालिका–२ वडा सदस्य एवं सैलुङ्ग खेलकुद विकास समितिको महासचिव रञ्जित मोक्तानले जानकारी दिनुभयो । टीम दर्ता शुल्क रु ७ हजार ५ सय रहेको छ ।

मोक्तानका अनुसार प्रतियोगितामा भाग लिने टिमले चैत २३ गते चार बजेसम्म दर्ता गराउनु पर्नेछ । साथै टिम सहभागी हुँदा आधिकारिक संघसंथाको प्रमाण पत्र सहित सहभागि हुनुपर्ने छ ।

खेलमा प्रथम हुने टिमको लागि नगद रु एक लाख ५० हजार शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय हुने टिमको लागि नगद रु.  १ लाख मेडल र प्रमाण पत्र, तृतिय हुने टिमको लागि नगद रु  पचास हजार रुपैयाँ मेडल र प्रमाण पत्र सान्त्वनाको लागि नगद रु २० हजार र उत्कष्ट खेलाडीको लागि नगद रु ५ हजार र ट्रफी सहितको  पुरस्कार राखिएको छ ।

प्रतियोगिता चैत्र २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE