Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सीसीटीभी फुटेज प्रकरण : संसदीय छानबिन समितिले जनार्दन शर्मासँग बयान लिँदै

४ साउन, काठमाडौं – बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले बुधबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिँदैछ।

बुधबार सिंहदरबारमा बस्ने समितिको बैठकमा शर्मालाई बयानका लागि बोलाइएको छ। समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य कर्मचारीसँग सोधपुछ गरिसकेको छ।

समितिले सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय समेत गरेको छ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भइ कुनै निश्चित समूहलाई फाइदा पुग्नेगरि करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति बनेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE