गठबन्धन दलको बैठक जारी
७ अश्विन, काठमाडौं – सत्तारुढ गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । साँझ ६ बजेदेखि सुरु भएको बैठक अहिलेसम्म जारी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइरहेको छ । गठबन्धनले भोलि ९बिहीबार०सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरू सहभागी हुनुहन्छ ।
सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE