Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

महँगी बढ्ने क्रम रोकिएन, रेमिट्यान्स बढ्यो तर विदेशी मुद्रा सञ्चितिमा सुधार आएन

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यसँगै डलरको भाउ बढ्नु तथा रुस युक्रेन युद्ध लम्बिनुका कारण महँगी घट्न सकेको छैन भने सरकारले ४ वटा वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिँदा पनि विदेशी विनिमय सञ्चितिमा पनि सुधार देखिएन ।

गत भदौमा ३.४९ प्रतिशत रहेको मूल्यवृद्धि दर यसपालिको भदौमा ८.६४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो । दोस्रो, महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत पुगेको छ । भदौको मूल्यवृद्धि गत ६ वर्षकै उच्च हो ।

गत आर्थिक वर्षमा पनि महँगी सरकार तथा नेपाल राष्ट्र बैंकको काबु भन्दा बाहिर गएका कारण विगत ६ वर्षयताकै सबै भन्दा बढी मूल्यवृद्धि भएको थियो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

WRITE COMMENTS FOR THIS ARTICLE