राष्ट्रिय सभामा एमालेको तर्फबाट बादल नै उम्मेदवार
१० बैशाख, काठमाडौँ – राष्ट्रिय सभामा उपनिर्वाचनमा एमालेबाट रामबहादुर थापा बादल नै उम्मेदवार बन्ने भएका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले बालुवाटारमा भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यस्तो घोषणा गरेका हुन ।
आगामी ६ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ ।
माओवादीबाट एमाले प्रवेश गरेका बादललाई पार्टीले सांसदबाट हटाएको थियो ।
खाली भएको ठाउँमा उपनिर्वाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाउने घोषणा ओलीले गरेका हुन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE