Date
मङ्ल, फाल्गुन १८, २०७७
Tue, March 2, 2021

निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न प्रधानमन्त्रीको निर्देशन

१० फागुन
काठमाडौँ –
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला हत्या प्रकरणको हत्यारा पत्ता लगाई सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिनु भएको छ । उहाँले निर्मला हत्या प्रकरणको हत्यारा अविलम्ब सार्वजनिक गरी दोषीलाई कानुनको कठघरामा उभ्याएर सजाय दिने स्थिति मिलाउन प्रशासनलाई निर्देशन दिनु भएको हो ।

उहाँले भागरथी हत्या प्रकरणमा राजनीति गर्न खोजिएको आरोप समेत लगाउनुभयो । प्रधानमन्त्री ओली भागरथी हत्या प्रकरणमा प्रहरीले सफल छानविन गरी हत्यारा पत्ता लगाउन सफल भएकोमा धन्यवाद समेत दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE