मध्यरातमा अर्को ‘ट्विस्ट’: प्रतिनिधिसभा भंग, दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा
मध्यरातमा अर्को ‘ट्विस्ट’: प्रतिनिधिसभा भंग, दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा
८ जेठ, काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेकी छन्।
मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकको सिफारिस सदर गर्दै राष्ट्रपति भण्डारीले दुई चरणमा प्रतिनिको सभाको मध्यावधि चुनावको मिति घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(७) बमोजिम प्रतिनिधिसभा विघटन गरी पहिलो चरमा कार्तिक २६ र दोस्रो चरणमा मंसिर ३ गतेका लागि नयाँ निर्वाचनको मिति तोकेकी छिन् ।
राष्ट्रपति भण्डारीले शुक्रबार मध्यरातमै प्रधानमन्त्री बन्न बहुमत पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी खारेज गरेकी थिइन्।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE