नेप्से २१ .२९ अंकले घट्यो, निफ्राको हालसम्मकै उच्च कारोबार
१२ चैत
काठमाडौँ – साता कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २१.२९ अंकले घटेर २५४८.९६ विन्दुमा अडिएको छ । ६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०८ कम्पनीको १ करोड २३ लाख ७६ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।
बिहीबार २०८ वटा कम्पनीको १ करोड २५ लाख १८ हजार कित्ता सेयर ७४ हजार ६५८ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएका छन्। व्यापार, होटेल तथा पर्यटन र लगानी समूह क्रमशः १७४.८८, १५४।०७ र १.१९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
नेप्से परिसूचक नै घटेको भएता पनि निफ्राको सर्वाधिक ९१ करोड रुपैयाँको सेयर किनबेच हुँदा माथिल्लो तामाकोशीको २७ करोड, सिद्धार्थ इन्स्योरेन्सको २३ करोड, नेपाल बंगलादेश बैंकको २२ करोड र नेको इन्स्योरेन्सको १५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
निफ्राको अहिले सम्मकै उच्च कारोबार हुने क्रममा १४ लाख ८८ हजार कित्ता भन्दा बढी सेयर किनबेच भएका छन्। यस अघि ठिक एक महिना अघि निफ्राको सर्वाधिक ९० करोड रुपैयाँ सम्मको किनबेच भएको थियो। विभिन्न ३ समूहको सूचकमा हरियाली देखिएको छ । ३ कम्पनीकै भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE