Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पुल बनाउँदै गर्दा त्रिशूली नदीमा खसेकामध्ये थप दुई जनाको ज्यान गयो

१६ बैशाख, काठमाडौँ – ठिमुरा र तनहुँको देवघाट जोड्ने पुलको निर्माणका क्रममा पुलसँगै त्रिशूली नदीमा खसेकामध्ये थप दुई जनाको ज्यान गएको छ ।

बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ भने अर्का एक जनाको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो । वैशाख १२ गते पुलको ट्रस मिलाउने क्रममा ट्रससँगै नदीमा खसेर एक मजदुरको ज्यान गएको थियो भने दुई जना बेपत्ता भएका थिए । नदीमा खसेका मध्ये ८ जना घाइते भएका थिए ।

बेपत्ता भएका सुजित माझीको शव घटनास्थलबाट नौ सय मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा फेला परेका वडा प्रहरी कार्यालयका एक प्रहरीले जानकारी दिनुभएको छ । अर्का बेपत्ता मजदुर श्यामबाबु पाठकको खोजी कार्य अझै जारी रहेको उहाँले बताउनुभयो ।

काम गर्दागर्दै पुलबाट खसी घाइते भएर अस्पतालमा उपचाररत विजय यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरीले जानकारी दिनुभयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE