Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

नेपालका ठुला पत्रिकाहरुका सम्पादकीय पनि गुणस्तर छैनन् : शोधपत्र

सवाल सम्वाददाता
बाग्मती-प्रेस काउन्सिल नेपालको आयोजनामा शुक्रबार शोधपत्र प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । “नेपाली ब्रोडसिट दैनिक अखबारमा सम्पादकीय विषय विविधता र प्रस्तुतिको अध्ययन” विषयक शोधपत्र कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशनका बिद्यार्थी अर्जुनकुमार राउतले तयार पार्नु भएको थियो ।

महिना अवधिमा गरिएको अध्ययनका क्रममा नेपालका ठुला राष्ट्रिय दैनिक गोरखापत्र, कान्तिपुर, नयाँपत्रिका, नेपाल समाचारपत्र, नागरिक, राजधानी दैनिकमा राजनीतिक विषयवस्तुलाई प्राथमिकता दिइएको र प्रकाशित मुख्य समाचारलाई अर्को अंकमा सम्पादकीयको विषयबस्तु बनाउने गरेको शोधपत्र शोधपत्रमा उल्लख गरिएको छ ।

त्यस्तै पोलिगन कलेजका बिद्यार्थी एवं पत्रकार शंकर थापाले डोटीमा पत्रकारिताको इतिहासबारे तयार पारेको शोधपत्र प्रस्तुत गर्दै डोटीमा पत्रकारिताको विगत र वर्तमान अवस्थाको बारेमा जानकारी दिनुभयो । प्रविधि, ज्ञान, सीप र विषयगत दक्षताको कमी, खोजी पत्रकारिताको अभाव, उच्च व्यावसायिक अभ्यासको कमी, स्वनियमन र स्वनियन्त्रणमा ध्यान नदिइनु, गैरपत्रकार तथा राजनीति हावी हुनु, भौगोलिक जटिलता, आधुनिक अफसेट प्रेसको अभाव, दक्ष पत्रकारको पलायन लगायत मुख्य समस्या एवं चुनौतीहरु रहेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकारिताको विकासका लागि मोफसलका पत्रकारका लागि सञ्चार सामग्रीमा अनुदान सहयोगका साथै हरेक बर्ष तालिम, गोष्ठी प्रशिक्षिण गर्दै आइरहेको बताउनु भयो ।

पत्रकारितामा स्नातकोत्तरमा शोधपत्र लेखेबापत प्रेस काउन्सिल नेपालको मिडिया विकास कोष उपसमितिले हरेक बर्ष छात्रबृत्ति प्रदान गर्दै आएको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE