अब फेसबुक र गुगलले समाचार शेयर गरे बाफत रकम तिर्नुपर्ने
१३ फागुन
काठमाडौं–नयाँ कानुन पारित भएसँगै अष्ट्रेलियामा फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने भएको छ । नयाँ कानुन अष्ट्रेलिया सरकारको माथिल्लो सदनबाट बिहीबार पारित भएको हो ।
अमेरिकी प्रविधि कम्पनीहरुले यो कदमको विरोध जनाएका छन् । फेसबुकले गत हप्ता अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध लगाएको थियो । तथापी यसै साता सरकारका प्रतिनिधिसँग वार्ता गरेपछि फेसबुकले आफ्नो निर्णय फिर्ता लिएको थियो ।
वार्ताकै धारमा सरकारले तल्लो सदनमा पेश गरेको प्रस्तावित कानुनमा संशोधन गरेको हो । साथै केही विषयमा दुवै कम्पनीहरुलाई नयाँ कानुनमार्फत् केही राहत मिल्ने प्रावधान राखिएको छ । तर दुवै कम्पनीहरुलाई अष्ट्रेलियाका ठूला प्रकाशकहरुलाई आकर्षक रकम दिनका लागि प्रतिबद्ध गराइएको छ । कति रकम दिनुपर्ने भन्ने विषय अझै टुङ्गो भने लागिसकेको छैन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE