Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

महिला फुटबलमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ – भारतको उडिसास्थित कालिङ्गाका रङ्गशालामा भएको महिला फुटबल खेलमा नेपालको जितेको छ । नेपालको महिला टिमले भारतको महिला टिमलाई २–१ गोलले हराएको हो ।

नेपलाले भारतमाथि ऐतिहासिक जित हात पारेका छन् । सावित्रा भण्डारीले दुई गोल गरेपछि महिला फुटबलमा नेपालले विजय प्राप्त गर्न सफल भएको हो । भन्डारीले खेलको पाँचौँ र सातौँ मिनेटमा गरेको गोलबाट नेपाललाई जिताउन सहयोग मिल्यो भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरिन् ।

सोमबार हिरो वुमन्स गोल्डकप अन्तर्गतको खेलमा नेपालको महिला टिमले भारतको महिला टिमलाई पराजित गरेका छन् । नेपाली समयानुसार साँझ ७ बजेदेखि नेपाल र भारतबीचको खेल शुरु भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE