Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

शाहरूख खानका छोरा आर्यन लागुपदार्थ प्रकरणमा पक्राउ

१७ आश्विन,मुम्बई – बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान मुम्बई क्रुज ड्रग्स छापाुमा मुछिएका छन्। इन्डिया टुडे अनुसार भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एउटा पानी जहाजमा आकस्मिक छापा मार्ने क्रममा शाहरूख खान पुत्र आर्यन पनि पक्राउ परेका हुन्।
भारतीय सञ्चार माध्यमहरुमा प्रकाशित खबर अनुसार जहाजमा लागुपदार्थ प्रयोगको सूचना पाएपछि एनसिबीका क्षत्रीय प्रमुख वानखेडेसहितका पदाधिकारीले जहाजमा छापा मारेका थिए। कारवाहीमा केहीलाई पक्राउ गरिएको छ भने आर्यनसँग एनसिबीले सोधपुछ गरिरहेको बलिउड हंगामाले लेखेको छ।
छापा मारिएको जहाज तीन दिनको संगीत यात्राका लागि मुम्बईबाट गोवा प्रस्थान गरेको थियो। जहाजमा बलिउड, फेसन र व्यापार क्षेत्रका मानिसहरू सवार रहेको जनाइएको छ। तिनैमध्ये एक आर्यन पनि थिए। आर्यन विरुद्ध कुनै आरोपमा मुद्दा दर्ता गरिएको छैन। तर उनको मोबाइल एनबिसी अधिकारीले जाँचबुझका लागि नियन्त्रणमा लिएको बताइएको छ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

 

 

WRITE COMMENTS FOR THIS ARTICLE