Date
बुध, बैशाख ८, २०७८
Wed, April 21, 2021

जाग युवा देश बनाउन, के बेला भएन र ?

आखिर यस्तो कहिले सम्म ? कतिन्जेल सम्म यसरी राज्यको दमन सहेर बस्ने ?

२० फागुन
काठमाडौँ – मेरो देशको राजनीतिक अवस्था एकदमै नाजुक छ । देशमा विकासका पर्वाधार अति नै संवेदनशील हुनुपर्ने ठाउँमा त्यस्तो छैन । राज्यले गरिब जनताको समस्याहरु पनि बुझ्न सकेको छैन । जताततै भ्रष्टाचार नै भ्रष्टाचार छ, चाहे त्यो आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिकरुपमा रहेका जति पनि विकासका पूर्वाधारहरु छन् समयमा नै सम्पन्न गर्न सकेको छैन ।

सुदिप नेपाल
-सुदिप नेपाल, लेखक

विकासका पूर्वाधारको कुरा गर्नुपर्दा कृषिमा नेपालको कुल जनसंख्याको ८० प्रतिशत निर्भर रहेका छन । तैपनि राज्यले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न र यस क्षेत्रका असिमित समस्या समाधानमा ध्यान दिन नसकेका गुनासोहरु पनि कृषकहरुका छन् । जब कुल जनसंख्याको ८० प्रतिशत जनता कुनै एक क्षेत्रलाई मात्र आफ्नो मुख्य पेशा बनाउछ भने पकै पनि त्यस देशको मुख्य आयस्रोत पनि त्यही क्षेत्र हुनु पर्ने कुरा सायदैले नकार्ला । त्यसो त हरेक युवाहरुलाइ कृषिको मध्यमबाट रोजगार बन्नु पर्नेमा राज्य सम्यन्त्रको बेवास्ताका कारण हुन सकेको छैन । जसको फल स्वरुप आज हरेक युवाहरु विदेश पलायन हुनुको विकल्प छैन ।

तसर्थ आगामी दिनहरुमा राज्यले कृषि क्षेत्रमा पनि युवाहरुलाइ प्रोत्साहन दिनु पर्ने देखिन्छ । त्यसैगरी शिक्षा क्षेत्रको पनि हाल उस्तै छ । शैक्षिक पूर्वाधार विकास देखि शैक्षिक योजन सम्मको विकास हेर्नेहो भने टालो हालेको कपडा जस्तै छ शैक्ष्कि क्षेत्र पनि । जहाँ पर्याप्त र चुस्त नियमण, नियन्त्रण र निगरानी नहुदा हरेक निजी विद्यालयहरुले मनोमानी शूल्क असुली देखी विद्यालय सञ्चालन नै मापदण्ड विपरित गरिरहेको छ्याप्छुयाप्ती देख्न सक्छौँ । जसका कारण गरिब जनताका छोराछोराछोरीहरुको भविष्यमाथी खेलबाड भैरहेको छ । भविष्यमा केही बन्छु भनी अभिभावकले छोराछोरीलाई उच्च शिक्षाका लागि आफुहरुले मेहनत र पसिना बगाईरहेता पनि उनिहरुले राज्यबाट पाउनु पर्ने सेवा सुविधा पाइरहेका छैनन् । यो राज्यको लागि दुखद साथै बिडम्बनाको कुरा हो ।

पछिल्लो समय त केही युवायुवतीहरुले देशको अवस्था र आफ्नो जिवनदेखी हरेश खाइ आत्महत्या पनि गरेका थुपै्र उदाहरण छन् । साथै उनिहरुको सोच विदेश पलायन हुने र भविष्य सुनिश्चित गर्ने हुदा देशमा रेमिटेन्समा त बृद्धि होला तर देशको जनशक्ति विदेश पलायन हुदाँ देशमा हुनुपर्ने समग्र विकासमा भने प्रत्यक्ष प्रभाव परेको छ । ग्रामीण भेगमा रहेका बाँझा जमिन बाँझै रहेका समाचार पनि पढेकै, सुनेकै र देखेकै छौँ ।

हरेक ठाउँमा यस्तै भैरहेको छ । आखिर यस्तो कहिले सम्म ? कतिन्जेल सम्म यसरी राज्यको दमन सहेर बस्ने ? जहिले पनि अस्थिर राजनीति, जुनसुकै क्षेत्रमा पनि अराजकता, हरेक क्षेत्रमा भ्रष्टाचार अनि देशका शासन सञ्चालक शौचालय देखी व्यत्तिगत फर्म उद्घाटनमा दौडिने होडबाजिका कारण देशको विकास कन्पनाको महाँसागर बनेको छ ।

तसर्थ राज्यको नितिनियम अझ पारदर्शि र बैधानिक बनाएर सेवा छिटो र छरितो बनाउनु पर्ने देखिन्छ । लोकतान्त्रिक पद्दतीमा जनता सर्वच्व हुनेमा यहाँ जनताको गुनासोलाई सम्बोधनको सट्टा जनताको बोलिलाई दबाउने गरिन्छ । नेपालमा रहेका श्रोतसाधन लाई व्यवस्थित तरिकाले संरक्षण र उपभोग नगर्दा हरेक ठाउमा चुनौतीको सामना गर्नुपरिरहेको छ । अझ भन्नै पर्ने हुन्छ देशमा विज्ञता हाँसिल गरेका विज्ञहरुले नै श्रोत साधनको महत्व के हो भन्ने कुराको ज्ञान हाँसिल गरेका छन् भन्दा पनि लाज लाग्छ । यदि विज्ञहरु साच्चिकै विज्ञ हुँदाहुन त त्यसको सदुपयोगले देशले समृद्धिको उचाइ छोइसकेको हुन्थ्यो होला ।

राज्यले गर्न सक्ने थुप्रै कामहरु छन् । जहाँ राजनीतिक हस्तक्षेपका कारण पनि थुप्रै काम बन्न सकिरहेका छैनन् । बनेका काम पनि दिगो हुन सकेका छैनन् । देशमा राजनीतिक प्रतिस्पर्धा हुनुपर्छ तर त्यो देशको हितमा, देशको विकासमा, जनता र राज्यको हित हुने उद्देश्यले भएमात्र यसले राज्यको हरेक क्षेत्रमा टेवा पुर्याउन सक्छ । होइन भने औचित्यहिन, अर्थहिन कार्यशैलीको कुनै कल्याण हुने छैन ।

समाजमा रहेका हरेक कुराको सदुपयोग गरि यसको मह्त्व र फाइदाबारे हरेक नागरिकलाई सचेत गराउनु राज्यको दायित्व हो । त्यो हुन सकिरहेको छैन । जाग युवा देश बनाउन ।

सुदिप नेपाल
मेलम्ची १३, सिन्धुपाल्चोक
यो लेख लेखकको आफ्नै व्यक्तिगत धारणा हो ।

WRITE COMMENTS FOR THIS ARTICLE