Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेकपा एमालेको माधव नेपाल पक्षीय सांसदले साथ दिँदा जोगियो सूदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको पद

नेकपा एमालेको माधव नेपाल पक्षीय सांसदले साथ दिँदा जोगियो सूदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको पद

२५ जेठ, काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सफल हुनु भएको छ ।

आज बसेको सूदूरपश्चिम प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले नेकपा एमालेका माधव नेपाल पक्षीय नेताहरुको साथ पाएसँगै विश्वासको मत प्राप्त गर्न सफल हुनुभएको थियो ।
विश्वासको मत दिन गरेको आग्रह स्वीकार्दै ३० सांसदले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरेका थिए ।

मुख्यमन्त्री भट्टको विपक्षमा जम्मा ९ भोटमात्रै खसेको थियो । नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका दुईजना प्रदेश सभा सदस्ले विपक्षमा मतदान गर्नुभएको थियो ।

सूदूरपश्चिम प्रदेशसभामा जम्मा ५२ सदस्य रहेका छन् । आजको प्रदेशसभा बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE