Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

लागुऔषध प्याकिङ गर्ने ठाउँमा प्रहरीको छापा,नौ जना पक्राउ

 ५ आश्विन, काठमाडौँ – लागुऔषध चरेस प्याकिङ गर्ने ठाउँमा प्रहरीले छापा मारेको छ।  लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंमा चरेस प्याकिङ गर्ने ठाउँमा छापा मारेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो।

यसमा संलग्न रहेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। विदेश पठाउन त्यहाँ चरेस विभिन्न सामानमा लुकाउने गरेको उहाँले बताउनुभयो।  यससम्बन्धी थप विवरण दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

WRITE COMMENTS FOR THIS ARTICLE