सिनामंगलमा दुई माइक्रोबस ठोक्किँदा १६ जना घाइते
काठमाडौं – काठमाडौँको सिनामंगलमा मंगलबार बिहान दुई माइक्रोबस ठोक्किएर भएको दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरी वृत गौशालाले जनाएको छ ।
मंगलबार बिहान करिब ५ बजे बा ४ ख ५१०० नम्बरको माइक्रोमा विपिरित दिशाबाट आउँदै गरेको बा १ झ ९७७६ नम्बरको अर्को माइक्रो ठक्कर खाँदा दुर्घटना भएको हो। घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन्। घाइते सबैको काठमाडौँ मेडिकल कलेज केएमसी सिनामंगलमा उपचार भइरहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE