राष्ट्रपतिद्वारा नेपाल नागरिकतासम्बन्धी संशोधन अध्यादेश जारी
राष्ट्रपतिद्वारा नेपाल नागरिकतासम्बन्धी संशोधन अध्यादेश जारी
९ जेठ, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन),२०७८ अध्यादेश जारी गर्नुभएको छ ।
अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिइने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले यो व्यवस्था अनुसार अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
मधेश केन्द्रित राजनीति गर्ने दलको मागअनुसार यो अध्यादेश जारी भएको हो । यो अध्यादेश आएसँगै प्रधानमन्त्री ओलीको मधेशकेन्द्रित दलसँगको सम्बन्ध अझ सुधार हुने विश्वास गरिएको छ ।
नेपालको संविधानमा हालसम्म जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था थिएन ।
सरकारले संसद विघटन गरेपछि अध्यादेशको नागरिकता ऐन संशोधन गरेर ल्याएको हो । यससम्बन्धि विधेयक संसदमा २ वर्षदेखि छलफलमा रहेको थियो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE