मैले यसरी पदक बाँडेको भए वुद्धिजीविहरुले के भन्थे ? ओली
५ आश्विन, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रत्नपार्कमा बसेर बाँडेझैं पदक बाँड्दा पनि बुद्धिजीवि, नागरिक समाज सबै मौन बसेको आरोप लगाउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले यदि पदक बोल्न जान्थ्यो भने नारा लगाउने र आँखा हुन्थ्यो भने धरधरी रुन्थ्यो भन्नुभएको छ । ‘म प्रधानमन्त्री भएको बेला यसो गएको भए अहो ! के हुन्थ्यो रु बुद्धिजीविहरु के भन्थे ? नागरिक समाज के भन्थ्यो ? उहाँले भन्नुभयो, ‘आज सब चुप छन्, शान्त छन् ।’
अस्तिको दिन जस्तो पदकहरु हामीले वितरण गरेको भए बा बा ! अहिले निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरेको छ, कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि वितरण गरेको छ, कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदि इत्यादिलाई पनि वितरण गरेको छ, ती पनि चुपचाप।
सबैतिर ढोका थुनेको छ, ताकि कतैबाट आवाज नआओस्, उज्यालो नछिरोस् । हामीलाई कुनै टाउको दुखेको होइन, तर यति धेरै पदकहरु त कहिल्यै वितरण भएको थिएन । रत्नपार्कमा बसेर वितरण गरे जस्तो छ क्या, ह्वार ह्वारी ।
म प्रधानमन्त्री भएको बेला यसो गएको भए ओ हो के हुन्त्यो ? वुद्धिजीविहरु के भन्थे ? नागरिक समाज के भन्थ्यो ? आज रमाइलो छ, सब चुप छ, शान्त छ।
सरकारले जानबुझी जनतामा राजनीतिप्रति निराशाभाव पैदा गर्न खोजेको ओलीको आरोप छ । दिउँसो पनि ग्रहण लाग्यो भने नहेर भन्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अहिले ग्रहण लागेको छ, यो ग्रहणतिर धेरै हेर्ने काम छैन ।’
सरकारले १४०० रणनीतिक सडकको समेत काम रोकेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘क्या बहादुर सरकार १ अघिल्लो सरकारले रणनीतिक सडक बनाउँछु भन्यो । यो सरकारले आउनेवित्तिकै रोक्यो ।
ल बना बाटा १ केपी ओलीको फुर्ती एक्कै झट्कामा खत्तम पारिदिन्छु भनेर १४०० बाटो खत्तम। ’शेरबहादुर देउवा सरकारले आफूतिर नलाग्ने कर्मचारीलाई अपायकमा सार्न थालेको उहाँको आरोप छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE