
पेटमा समस्या देखिएका पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

११ फागुन
काठमाडौं – भारतको दिल्लीस्थित यकृत एवंम वित्त विज्ञान संस्थानमा डा. बाबुराम भट्टराई उपचारका लागि भर्ना हुनु भएको छ ।
पेटमा समस्या देखिएपछि उहाँ केहीदिन अगाडि भारत जानु भएको थियो ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।
डा. भट्टराईका प्रेस सल्लाहकार तथा जसपा नेता विश्वदिप पाण्डेले बिहान ९ बजे भर्ना भएको उल्लेख गरेका छन्।
आज दिनभर भट्टराई अस्पतालमा हुनेछन्। त्यहाँ उनको स्वास्थ्य परीक्षक हुने पाण्डले बताउनु भएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE