Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कांग्रेसको निर्णयले प्रधानमन्त्री ओलीलाई फाईदा

१४ फागुन
काठमाडौ –
प्रमुख प्रतिपक्ष नेपाली काग्रेसले नयाँ सरकार गठनको विषयमा नेकपाको विभाजित धारणा प्रस्ट भएपनि थप रणनीति बनाउने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाईदा हुने भएको  छ। अब तत्काल प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने छैन।

कांग्रेसले कानुनी रुपमा अहिले पनि नेकपा एउटै रहेको निष्कर्ष निकाल्दै तत्काल दुवै समूहसँग सहकार्य नगर्ने निर्णय गरेपछि प्रधानमन्त्रीलाई फाईदा भएको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएसँगै नेकपा ९प्रचण्ड–माधव नेपाल० समूह नयाँ सरकार गठनका लागि सक्रिय भएको छ। संसद बैठक सुरु भएसँगै प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा रहेको छ। तर कांग्रेसको निर्णयले प्रचण्ड–माधव नेपाल समूहलाई धक्का लागेको छ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने बरु, संसदको सामना गर्ने बताएका छन्। यस्तो अवस्थामा अहिले संसदमा अविश्वासको प्रस्ता गर्दा भएपनि पारित हुने अवस्था रहँदैन। कांग्रेसले समर्थन नगर्दा नयाँ सरकार गठन र वर्तमान सरकारको बर्हिगनममा सहजता हुँदैन।

नेकपा प्रचण्ड–नेपाल समूहले यसअघि नै प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरिसकेको छ। यो राजनीतिक निर्णय भएकाले त्यसको कानुनी वैधता पाउने अवस्था छैन। कानुनी रुपमा ओली नै नेकपा संसदीय दलका नेता हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE