Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

निर्वाचन आयोगद्वारा ४१ वटा दलको दर्ता खारेज, प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना

निर्वाचन आयोगद्वारा ४१ वटा दलको दर्ता खारेज, प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना

१९ साउन,काठमाडौं– निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले लगातार लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दलको दर्ता खारेज गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।

आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ ।

अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको उनले बताए । यसअघि, आयोगमा १३६ दल दर्ता थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE