Date
शनि, चैत्र १०, २०८०
Sat, March 23, 2024

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा महतो चयन

२९ भदौ, काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ । सोमबार प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो । उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ । संसदीय दलको विधान सङ्घीय संसद्मा पार्टीले बनाएको विधान नै प्रदेशसभामा संशोधन गरिने नेता महतोले बताउनुभयो । प्रदेश नं २ मा नेकपा एमालेका २१ सदस्यमध्ये १३ सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

यसअघि नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै नै हुनुहुन्थ्यो । उहाँ नेकपा एकीकृत समाजवादीमा पुगेपछि एमालेले संसदीय दलको नेता चयन गरेको छैन ।

 

WRITE COMMENTS FOR THIS ARTICLE