दिनानाथ शर्माले भने– प्रधानमन्त्री ज्यू अब फेरी संसद् विघटन गर्नुभयो भने गिनिज बुकमा नै नाम लेखिनेछ
दिनानाथ शर्माले भने– प्रधानमन्त्री ज्यू अब फेरी संसद् विघटन गर्नुभयो भने गिनिज बुकमा नै नाम लेखिनेछ
१७ असार, काठमाडौं– राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले राष्ट्रमाथि आएको संकटमा प्रधानमन्त्री दोषी रहेको बताउनुभएको छ । बिहीबार सुरु भएको राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै शर्माले प्रधानमन्त्रीले देशलाई संकटतिर धकेलेको आरोप लगाउनुभएको हो ।
राष्ट्रिय सभाका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता समेत रहनु भएका शर्माले प्रतिनिधि सभा विघटन गरेर नै भए पनि नेपालको नाम गिनिज बुकमा लेख्न लागेको बताउनुभयो ।
प्रधानमन्त्री ओली भित्रको दम्भ र घमण्डले देशलाई भड्कालोमा लिएको बताउदै उहाँले घुमाउरो पारामा संसद् विघटन गरेको इतिहास लेखाउन खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, अब पनि अवसर मिल्यो र तेस्रोपटक विघटन गर्नुभयो भने गिनिज बुकमा नाम लेखिनेछ। र, नेपालको गौरव सबैभन्दा माथि हुनेछ। तर त्यसो नगर्न सुझाव दिनुभयो ।
साथै, शर्माले एमाले एकताका लागि प्रधानमन्त्रीले आत्मासमिक्षा गर्न आग्रह गर्नुभयो । उहाँले हालको राजनैतिक प्रणाली प्रधानमन्त्रीय वा राष्ट्रपतिय प्रणाली हो भन्ने प्रश्न समेत उठाउनु भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE