खोप वाचा अन्योलमै
२५ जेठ, काठमाडौँ – विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ ।
ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार गर्दासमेत ठोस जवाफ आएको छैन ।
उनीहरूले खोप दिन इच्छा जाहेर गरे पनि कहिले, कति मात्रा रु उपलब्ध गराउने निचोड दिएका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवादमार्फत ‘खोप उपलब्ध गराउन’ आग्रह गरेकी थिइन् । भारत, बेलायत, रुस र अमेरिकी राष्ट्रपतिलाई समेत खोप उपलब्ध गराउन उनले पत्राचार गरिसकेकी छन् । यो खबर आजको राधानी दैनिकमा छापिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE