Date
सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

“सिस्टम” सई गौतम? सिरहाबाट ठाडी सम्मको दिनहुँ यात्रा के तस्करी नियन्त्रण कि समन्वयको नाममा संरक्षण?

✍️ ब्यूरो रिपोर्ट | सिरहा
सिरहा जिल्लाको सशस्त्र प्रहरी बल अन्तर्गत सिरहा मिलमा कार्यरत सई (सहायक निरीक्षक) विष्णु प्रसाद गौतम हाल जनचासोको केन्द्रमा छन्। तिनको दिनहुँ देखिने गतिविधि—सिरहाबाट ठाडी नाकासम्मको यात्रा—केवल नियमित काम हो वा केही गम्भीर प्रश्नको संकेत?
ठूलो प्रश्न: सईको भूमिकामा समन्वय कि संरक्षण?
स्थानीय स्रोतहरूको दाबी अनुसार गौतमको दैनिक ठाडी यात्राको उद्देश्य सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण हो भन्नुभन्दा पनि, “समन्वय” को नाममा हुने अनौपचारिक सहकार्य प्रतीत हुन्छ। यस्ता ‘समन्वय’ हरू साँच्चिकै तस्करीविरुद्ध हुन् कि, तस्करीलाई सहज गराउने व्यवस्थापन? जनताले अब यसबारे प्रश्न उठाउन थालेका छन्।
किन माथिल्ला अधिकृतहरू पन्छिए?
सिरहा जिल्लामा निरीक्षकदेखि डिएसपीसम्म का दर्जनौं प्रहरी अधिकृत कार्यरत छन्। तर स्थानीय बासिन्दाहरू प्रश्न उठाउँछन्:
“के ती सबै अधिकृतहरू असक्षम छन् जो सई गौतमले मात्रै सम्हाल्नुपर्ने परिस्थिति उत्पन्न भयो?”
“यदि तस्करहरू सई गौतमलाई मात्र चिन्छन् भने, अरू अधिकृतहरूलाई किन चिन्दैनन्?”
“के तस्कर नियन्त्रणभन्दा ‘मैनेजमेन्ट’ नै प्राथमिकता हो?”
गौतम = सिस्टम?
चर्चा अझ गहिरिंदै जाँदा एक अर्को प्रश्न सतहमा आएको छ—
“के सई विष्णु प्रसाद गौतम आफैंमा एक ‘सिस्टम’ हो?”
यदि सईको उपस्थिति र कार्यशैलीले निरीक्षक, डिएसपीजस्ता अधिकृतहरूलाई छायामा पार्दछ भने, यसले प्रहरी संगठनभित्रको शक्ति सन्तुलन र विश्वसनीयतामा गम्भीर प्रश्न खडा गर्छ।
जनताको मूल्यांकन सुरु भइसकेको छ।
सार्वजनिक क्षेत्रको सेवा, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नु सुरक्षाकर्मीहरूको कर्तव्य हो। तर जब एउटै व्यक्तिको सक्रियता र संलग्नता “सिस्टमभन्दा माथि” देखिन्छ, तब त्यो सवालले सशस्त्र प्रहरी संगठनकै छविमा असर पुर्‍याउन थाल्दछ।
अब प्रतिक्षा छ —
सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल सरको स्पष्ट प्रतिक्रिया।
के सई गौतमको भूमिका संस्थागत आदेश भित्रको हो, वा अनौपचारिक चलखेलको हिस्सा?

WRITE COMMENTS FOR THIS ARTICLE