Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

अझै केही दिन अबिरल वर्षा नहुने

काठमाडौं – देश भर मनसुनको सक्रियता कम भएको छ । वर्षा गराउने मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण मनसुनि गतिविधि देशभर कम सक्रिय रहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय दक्षिणतर्फ हुँदै भारततिर प्रवेश गरेकाले अब केही दिन वर्षा कम हुने छ । तर पनि देशको एक दूइ स्थानहरुमा भारी वर्षाको सम्भावना र केहि स्थानहरुमा सामान्य वर्षा हुने देखिएको महाशाखाले जनाएको छ ।

वर्षा गराउने मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण देशको पहाडी भू(भागमा पहिरो जान सक्ने तथा तराइमा वहने केही नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेका कारण सावधानी अपनाउन आग्रह गरेको छ । त्यसका साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE