Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

धादिङको गल्छीमा जीप दुर्घटना, ४ जनाको मृत्यु, १० घाइते

सवाल सम्वाददाता 
काठमाडौँ-जिल्लाको गल्छी गाउँपालिका ६ को बाझगाउँमा तरकारी बोकेको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जान घाइते भएको प्रहरीले जनाएको छ ।

कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना भएको हो । घाइतेको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटनामा परेको हो । मृतक र घाइतेको सनाखत हुन बाँकी सकेको छैन । कच्ची सडकको साँघुरो घुम्तीमा चालकले जीप नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रहरीको अनुमान छ ।

WRITE COMMENTS FOR THIS ARTICLE