Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

प्रधानमन्त्री ओली संसद् भवनमा

२७ वैशाख, काठमाडौँ – विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन पुगेका छन् ।

विश्वासको मतको प्रयोजनका लागि संसद् बैठक सोमवार दिउँसो १ बजे बस्दैछ । २०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेयताका बैठकमा ओली सहभागी भएका थिएनन् ।

संसद् भवनमा पुगे पनि उनी बैठकमा सहभागी नभई फर्किने गरेका थिए । संसद् भवनमा सांसदहरू पुग्ने क्रम शुरू भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE