अत्यावश्यक काम नपरि हिँड्नेलाई दिनभरि होल्ड, १ सय देखि २ सय जरिवाना
१८ जेठ, काठमाडौँ – काठमाण्डौमा अत्यावश्यक काम नपरि हिँड्ने र पास नबोकी हिँड्नेलाई जरिवाना तिराउन थालिएको छ । अहिले हरेक दैनिक एक हजार जना कारबाहीमा पर्ने गरेका छन् । कोभिड सम्बन्धी अध्यादेशमा निषेधाज्ञा पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुने भनिएको थियो ।
मास्क नलगाइ सार्वजनिक ठाउँमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, विना काम बाहिर निस्किए पटकै पिच्छे दुई सय रुपैयाँ जरिवाना हुने र अत्यावश्यक बाहेकका गाडी चलाएमा दुई पाङ्ग्रेलाई पटकै पिच्छे दुई हजार रुपैयाँ र अन्य गाडीलाई पटकै पिच्छे पाँच हजार रुपैयाँ जरिवाना हुने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको थियो । तर, अध्यादेशमा तोकिएअनुसार निषेधाज्ञा पालना नगर्नेलाई ठूलो जरिवाना भने नतिराइएको ट्राफिक प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
निषेधाज्ञा पालना गराउनका लागि अहिले एक सयदेखि दुईसय रुपैयाँसम्म मात्रै जरिवाना तिराउने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पछिल्लो पटक थपिएको निषेधाज्ञा पालना गर्न गराउन केही दिन सम्झाइबुझाइ नै गरिएको थियो । तर, अटेर गरेपछि एक सयदेखि दुई सय रुपैयाँसम्म जरिवाना तिराउन थालिएको ट्राफिक प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार पास नबोकी हिँड्ने गाडीलाई दिनभरि होल्ड गर्ने र सयदेखि दुई रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE