Date
बुध, अशोज ६, २०७८
Wed, September 22, 2021

युरोकपः अघिल्ला दुई विश्वविजेताबिच ‘हेभिवेट’ भिडन्त, साविक युरोकप विजेता पोर्चुगल र हंगेरी भिड्दै

युरोकपः अघिल्ला दुई विश्वविजेताबिच ‘हेभिवेट’ भिडन्त, साविक युरोकप विजेता पोर्चुगल र हंगेरी भिड्दै

१ असार काठमाडौं– जारी युरोकपमा आज दुईओटा खेल हुँदैछन् । ‘गु्रप अफ डेथ’का रुपमा चिनिएको समूह एफ अन्तर्गतका युरोकपका प्रतिक्षित खेलहरु आज हुन लागेका हुन् ।

आज हुन लागेका दुई खेलमध्येमा पहिलो खेलमा साविक विजेता पोर्चुगल र हंगेरी प्रतिस्पर्धा गर्दैछन् । पहिलो खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि हंगेरीको पुस्कास एरेनामा सुरु हुनेछ ।

अघिल्लो संस्करणमा फ्रान्सलाई हराउँदै विजेता बनेको पोर्चुगल यस पटक पनि स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा खेल्दैछ ।

यद्यपि यसपटक पोर्चुगलको टीममा युवा खेलाडीको उपस्थिती अघिल्लो संस्करणमा भन्दा बढी देख्न पाइनेछ । पोर्चुगली कप्तान रोनाल्डोले युरोकप सुरु हुनुअघि नै लगातार दुई युरोकप जित्नु महत्वपूर्ण भएको बताएका छन् । जसले उपाधि रक्षाको अभियानमा पोर्चुगल डटेर लागेको बुझ्न सकिन्छ ।

यसअघि अघिल्लो संस्करणमा भएको खेलमा पोर्चुगल र हंगेरीले समूहको खेलमा ३–३ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

यस्तै आजै हुने दोस्रो खेलमा साविकको उपविजेता फ्रान्सले अर्को दाबेदार राष्ट्र जर्मनीको सामना गर्दैछ । सो खेल नेपाली समयअनुसार राती १२ः४५ बजे जर्मनीको म्युनिखमा हुँदैछ ।

अघिल्लो संस्करणको विश्वकप विजेता फ्रान्स र तीन पटकको युरो विजेता तथा २०१४ को विश्वकप विजेता जर्मनीबीच हुने हेभीवेट भिडन्तलाई पनि दर्शकले निकै चासोपूर्वक हेरेका छन् ।

करिम बेन्जिमासँगै एन्टोनी ग्रिजम्यान र केलियन एमबाप्पे जस्ता अहिलेका चर्चित खेलाडीसाथ उत्रिने फ्रान्सको टिममा हुँदा फ्रेन्च टिममा यसको सकरात्मक प्रभाव देख्न सकिनेछ ।

जर्मनीका प्रशिक्षक जोचिम लोले दुवै टिमसँग उत्कृष्ट अंग्रपक्ति भएकाले प्रत्येक सेकेन्ड खेलमा केन्द्रीत हुनु पर्ने यसअघि नै बताइसकेका छन् ।

पछिल्ला पाँच खेलमा आमनेसामने हुँदा फ्रान्सले ३ खेलमा जित निकालेको छ भने २ खेल बराबरीमा टुंगिएको छ ।

आजका खेलमा आयोजक राष्ट्रहरुमध्ये शतप्रतिशत दर्शकलाई अनुमति हंगेरी घरेलु मैदानमा उत्रिदाँ उसलाई फाइदा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE