पार्वती कार्कीले मनाइन् मानवसेवाआश्रममा छोरीको जन्मदिन
३० भदौ, काठमाडौँ –लायन्स क्लव अफ काठमाडौं रोजकी अध्यक्ष पार्वती कार्कीले अष्टे्रलियाममा रहेकी छोरीको जन्मदिन मानवसेवा आश्रममा मनाउनुभएको छ ।
अध्यक्ष पार्वती कार्कीले हाल अष्ट्रेलियामा रहेकी छोरी एन्जिला खत्रीको जन्मदिनको अवसरमा आश्रमा भोजन गराउनु भएको हो । मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायण तथा बालगोपालहरुका लागि एक छाक भोजन गराउनु भएको हो ।
मानव धर्म भनेकै एकले अर्काको भित्री मर्म,भावनालाइ बुझेर सहयोग पुर्याउनु हो । मानिसले यस धरामा जन्मेर आएपछी मनवकै सेवा गर्दैन भने उसले पुण्य आर्जन पनि गर्न सक्दैन त्यस्तै जन्मदिनको उपलक्ष्यमा सन्तोषका निम्ति सेवा सद्भाव बाड्ने प्रचलन निरन्तर चलिआएको छ ।

सोही प्रचलनलाइ निरन्तरता दिदै तारा कार्की र विपास्ना खनाल क्षेत्रीको हातबाट केक काटेर जन्मोत्सव मनाइएको थियो । कार्यक्रममा प्रमुख अतिथि चिल फस्ट भिडिजी महेन्द्र पौडेल, लगायत क्लवका अन्य लिडरहरुको उपस्थिति रहेको थियो ।
मानवीय सेवा गर्नुहुने तारा कार्की र पार्वती कार्कीले सम्पुर्ण लायन्स क्लव अफ काठमाडौं प्रति विशेष आभारका साथै ससम्मान व्यक्त गर्नुभयो। छोरी एन्जिला खत्रीलाई जन्मदिनको शुभकामना दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE