Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चुनौती

७ कात्तिक
काठमाडौँ – काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सव व्यवस्थापनमा चुनौती देखिएको छ । संकट व्यवस्थापन केन्द्रले कोभ्रेले स्थानीय तहहरुलार्य कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न समेत अनुरोधसमेत गरेको छ ।

जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५ को कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म मृत्यु भएकाको सव सरकारद्वारा कोरोना संक्रमणबाट मृत्यु भएकाको काठमाडौं पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने गरिएको छ । उक्त गृहमा हाल चाप बढ्दै गएपछि कोरोना संक्रमणबाट काभ्रेपलाञ्चोकमा मृत्यु भएकालाई वैकल्पिक व्यवस्थापनका लागि जिल्लास्थित १३ स्थानीय तहमा स्थानको खोजी गर्न थालिएको हो ।

सङ्क्रमितको अस्पतालमा मात्र नभई होम आइसोलेसनमा समेत मृत्यु हुन थालेपछि केन्द्र तथा जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले वैकल्पिक शव व्यवस्थापनमा ध्यान दिएको हो । पछिल्ला केही दिनदेखि दैनिकजसो मृत्यु हुन थालेपछि स्थानीयस्तरमै शव व्यवस्थापनका लागि स्थानको खोजी थालिएको हो, स्थानीय तहका जनप्रतिनिधिले यस विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ, केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । उहाँका अनुसार हाल दुई स्थानीय तहले आफ्नो क्षेत्रमा शव व्यवस्थापन गर्न सकिने प्रस्ताव गरेको छ ।

काभ्रेमा बिहीबारसम्म ५ सय २५ महिलासहित एक हजार ३७१ मा कोरोना संक्रमण देखिएको छ । कूल सङ्क्रमितमध्ये ६५ प्रतिशत अर्थात् ८ सय ८७ सङ्क्रमणमुक्त भएको पोष्टले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये ९३ अस्पताल र ३ सय ७७ होम आइसोलेसनमा उपचाररत छन् । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो संक्रमण देखिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE