कृष्टल गहना निर्माण प्रशिक्षण सुरु, स्थानिय स्तरमा उद्यमी तयार पार्ने लक्ष्य
बागलुङ जिल्ला जैमिनि नगरपालिकाले कृष्टल गहना उद्यमी निर्माण गरि व्यसायिक र प्रशिक्षण उत्पादन गर्न ४ दिने तालिमको आयोजना सुरु गरिएको छ। तालिमको उद्घाटन गर्दै जैमिनि नगर प्रमुख ईन्द्रराज पौडेलले आधा आकास भनिने महिलालाई मानसिक रुपमा केही गर्नु पर्छ सीप ज्ञान सिकाई ब्याबसायिक उद्यमि तयार गर्न तालिम दिएको बताए। उप प्रमुख लिला रानाले आधा धर्ति महिलाको आर्थिक रुपमा आत्मनिर्भर बनाउन प्रत्यक वार्ड बाट ३ जनाको दरले ३० जना लाई नमुना तालिम दिएको बताउनु भयो।

सत्कर्म नेपाल एवं नागरिक संजालको अभियान्ता सिताराम थापाले बिगत देखि गरिएका यस्ता तालिम ब्यबसायि नबन्नुमा सरकारी नीति र कार्यान्वयनको दोष भएकोले यो सोच पूरा होस भन्नू भयो। महिलाहरु आर्थिक रुपले सक्षमा भएमा स्थानिय स्तर मात्र नभएर सिंगो देश नै विकास गर्न सकिन्छ अभियान्ता थापाले भन्नु भयो । जसको लागि स्पष्ट निति तथा नियमको कार्यान्वन हुन पर्नेमा जोड दिनु भयो । तालिमको स्वागत तथा उध्यमाथि प्रकाश जैमिनि कार्यपालिका सदस्य रुद्रा के सि र संचालन बरिष्ठ अधिकृत भेषराज शर्माले गर्नु भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE