सरकारको आगामी वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
१५ जेठ, काठमाडौँ – सरकारले कोरोना महामारीकैबीच महत्वाकांक्षी आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धि कायम हुने लक्ष्य सरकारले लिएको हो ।
आगामी आवमा खोपको उपलब्धता, पूर्वाधार विकास, राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न हुने भन्दै यसले आर्थिक वृद्धिमा सहयोग पुग्ने अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले ४.०१ प्रतिशत मात्र रहने संशोधित अनुमान गरेको थियो । तर, स्वयं अर्थमन्त्रीले बजेट भाषणका दौरान सो लक्ष्य समेत भेट्न नसक्ने स्वीकार गर्नुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE