Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेपाल-भारत हवाई उडान कार्तिक १ देखि खोल्न प्रस्ताव

१६ असोज 
काठमाडौं –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतका लागि हवाई उडान शुरु गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले आउँदो कार्तिक १ गतेबाट भारतको उडान खोल्न प्रस्ताव गरेको हो । चैत ११ पछि भारतमा नियमित उडान भएको छैन ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा मन्त्रालयले यस्तो प्रस्ताव पठाएको मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिएका छन् । भारतमा रहेका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकको दूतावासको पहलमा घर फर्काउन सक्ने गरी भारतले ‘एयर बबल स्किम’ जारी गरेको छ ।

सोहीअनुसार भारतमा संसारभरबाट उडान भइरहेको छ । यो स्किम नेपालका लागि समेत खुला छ । अर्थात् नेपालले समेत नयाँ दिल्लीस्थित दूतावासको समन्वयमा भारतमा रहेका नेपालीलाई घर फर्काउन सक्ने गरी उडान खोल्न सक्छ । भारतमा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण सरकारले भारतका लागि उडान खोल्नेबारे निणर्य लिइसकेको छैन ।

तर, नजिकिएको दशैं, भारतमा उपचार र अध्ययनका लागि जानु पर्ने वा त्यहाँबाट फर्कनु पर्ने ठूलो संख्यामा नेपाली हवाई उडान खुल्ने मितिको प्रतिक्षामा छन् ।

यो स्किमअनुसार भारतमा रहेका नागरिकलाई नेपालले स्वदेश फर्काउन हवाईमार्गको प्रयोग गर्न सक्छ । त्यसका लागि भारतले अनुमति पनि दिन्छ । सोहीअनुसार नेपालले भारतको उडानको तयारी गरेको प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE