जसपामा अध्यक्ष–अध्यक्षबीच नै जुहारीः स्पष्टीकरणको बदलामा स्पष्टिकरण माग
जसपामा अध्यक्ष–अध्यक्षबीच नै जुहारीः स्पष्टीकरणको बदलामा स्पष्टिकरण माग
१२ जेठ, काठमाडौं– जनता समाजवादी पार्टीमा स्पष्टीकरणको बदला स्पष्टीकरणकै जुहारी सुरु भएको छ । जसपामा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम सुरु भएसँगै जसपामा स्पष्टीकरणको जुहारी सुरु भएको हो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुरलाई नौ बुँदेस्पष्टीकरण सोधेका हुन्। व्यक्तिगत मेल तथा ह्वाट्स एपमार्फत सो स्पष्टीकरण सोधिएको जसपा नेपालका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए । यादवले स्पष्टीकरण मागेपछि अध्यक्ष ठाकुरले पनि जवाफमा यादवलाई उल्टै सात बुँदे स्पष्टीकरण सोधेका हुन् । यस्तै अध्यक्ष ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई ५–५ बुँदे स्पष्टिकरण सोधेका छन् ।
ठाकुरलाई सोधिएको स्पष्टीकरण पत्रमा कार्यालय सचिव प्रकाश अधिकारीको हस्ताक्षर रहेको छ भने उपेन्द्र यादवलाई सोधिएको पत्रमा अध्यक्ष ठाकुरको हस्ताक्षर रहेको छ ।
पार्टीको विधान धारा ४९ बमोजिम अध्यक्ष ठाकुरलाई स्पष्टीकरण सोधिएको यादव पक्षले जनाएको छ । स्पष्टीकरण सोधिएको मितिदेखि ३ दिनभित्र चित्त बुझ्दो जवाफ नदिए विधान अनुसार कारवाही गर्ने पत्रमा उल्लेख छ । महन्थ ठाकुरले पनि पार्टी विधानको दफा ४९ बमोजिम नै स्पष्टीकरण सोधेका छन् ।
यादव पक्षले अध्यक्ष ठाकुरलाई स्पष्टिकरण सोध्ने निर्णय जेठ ८ गते नै लिएको थियो ।




RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE