मोरङको पार्टी कार्यालयमा ओली समूहले राख्यो एमालेको बोर्ड
२४ फागुन
काठमाडौँ – सर्वोच्च अदालतले एमाले ब्युँताएपछि ओली समूहका नेता तथा कार्यकर्ताले मोरङको पार्टी कार्यालयमा एमालेको बोर्ड राखेको हो ।
पूर्वएमालेका नेता तथा कार्यकर्ताले सोमबार मोरङको विराटनगर– १२ पाञ्चालीस्थित मदन स्मृति भवनमा नेकपा हटाएर एमालेको बोर्ड राखेका हुन् । पहिले एमाले पार्टी कार्यालय नै रहेको सो भवनमा एकतापछि नेकपाको कार्यालय राखिएको थियो ।
नेकपा जिल्ला कार्यालयलाई नयाँ बोर्ड टाँगेर एमाले कार्यालय घोषणा गर्न पर्यटनमन्त्री भानुभक्त ढकाल, एमाले नेता गुरु बराललगायतका नेता तथा कार्यकर्ता सहभागी भएका थिए । उहाँहरूले सर्वोच्च अदालतले एकता भंग गरेर पुरानो एमाले पार्टी ब्युँताइदिएकोमा खुसी साटासाट गर्नु भएका छन । ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE