उत्तर र दक्षिण कोरियाको एकीकरणका अन्तरराष्ट्रिय अभियन्ता डा. ह्युन जिन मुनको पचासौं जन्मोत्सव विशेष कार्यक्रम नेपालमा पनि मनाइयो ।
सावल सम्वाददाता काठमाडौँ
बाग्मती- उत्तर र दक्षिण कोरियाको एकीकरणका अन्तरराष्ट्रिय अभियन्ता डा. ह्युन जिन मुनको पचासौं जन्मोत्सव नेपालमा पनि विशेष कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा नैतिक र नव प्रवर्तन केन्द्रित नेतृत्वको आवश्यकता विषयक विचार गोष्ठीको आयोजना गरिएको थियो । उक्त गोष्ठीमा विविध क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले शान्तिपूर्ण आदर्श संसार स्थापनार्थ गरिएका डा. ह्युन जिन मुनको बहु आयामिक प्रयासहरूको चर्चा गरेका थिए ।
पूर्व मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेता गणेश शाहले डा. ह्युन जिन मुन विश्वकै शान्ति दूत भएको उल्लेख गर्दै युवाहरूलाई उहाँबाट नैतिक तथा नव प्रवर्तन केन्द्रित नेतृत्व बन्ने प्रेरणा लिन आह्वान गर्नु भयो । उहाँले नेपाल शान्ति प्रेमी मुलुक भएकोले उत्तर र दक्षिण दुबै कोरियाका दूतावास यहाँ रहेको बताउनु भयो । त्रिभुवन विश्व विद्यालयका प्रोफेसर डा. किशोर राजभण्डारीले डा. ह्युन जिन मुनले जोड दिँदै आउनु भएको शाश्वत सत्य, सिद्धान्त तथा मूल्य मान्यतालाई आजका युवाहरूले अपनाएर भोलिको सुन्दर इतिहास लेख्न सक्ने तथ्य औँल्याउनु भयो ।

प्राध्यापक डा. होम बहादुर बस्नेतले डा. ह्युन जिन मुनको जीवनीबाट हरेक युवाले सहुलियतको जीवन हुँदैन, हरेकले अनेकन् कठिनाइ र चुनौतीका बाबजुट विचलित नभइ अगाडि बढ्नु पर्ने कुरा बताउनु भयो । त्यस्तै डा. रामचन्द्र पोखरेलले डा. मुनसँगको केही दिनको संसर्गले आफ्नो जीवन शैली र जीवन प्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको बताउनु भयो । डा. मुन समकालीन विश्वमा कम चर्चा गरिएको तर महत्वपूर्ण व्यक्ति भएको डा. पोखरेलको भनाइ थियो ।
इतिहास विद् तथा लेखक प्रा. डा. श्रीराम प्रसाद उपाध्यायले डा. मुनको कोरियाली प्रायद्वीपको एकीकरण अभियानले विश्वमै सकारात्मक तरङ्ग ल्याउने र विश्वको राजनीति तथा शान्ति स्थापनामा एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने बताउनु भयो । विभिन्न ७ वटा संघ संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त विचार गोष्ठीमा २ सय भन्दा बढी सहभागीहरूलाई युवाहरूको विविध सांस्कृतिक प्रस्तुतिबाट मनोरञ्जन पनि गराइएको थियो । आयोजक संस्था एफ. पि. ए. का अध्यक्ष जिन्तु नकर्मी खनालले सहभागीहरूलाई स्वागत गर्नु भएको थियो भने सर्भिस फर पिस नेपालका निर्देशक सरोज खनालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सह आयोजक संस्था इ. सी. भी. का अध्यक्ष के. पी. भट्टराई लगायत अन्य अतिथिहरूले पनि आफ्नो धारणा राख्नु भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE