Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको निधन

१० असार, काठमाडौँ – नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार दिउँसो साढे एक बजे निधन भएको संघका महासचिव अमुलकाजी तुलाधरले बताउनुभएको हो।

कोभिड संक्रमणपछि लामो समयदेखि श्रेष्ठ उपचाररत थिए ।

कोभिड संक्रमणका पुष्टि भएपछि वैशाख २३ गते अस्पताल भर्ना भएका श्रेष्ठको पछिल्लो समय कोभिड रिपोर्ट नेगेटिभ आए पनि उनी अस्वस्थ नै रहेको तुलाधरले बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE