Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

एकैदिन ७ हजार ६६४ कोरोना संक्रमित निको भए, १९३ जनाको मृत्यु

९ जेठ, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक संक्रमण दर र निको हुने दर बराबरी जस्तै छ।

सोही अवधिमा नेपालमा ७ हजार ९ सय १४ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

१८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ९५ र ९ सय ३१ जनाको एन्टिजेन परीक्षणमा ३ सय १६ जना संक्रिमत थपिएका हुन।

कोरोना संक्रमणबाट आज थप १ सय ९३ मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ६ हजार ३ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज नयाँ थपिएका कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा सबै भन्दा धेरै संक्रमित छन्।

उपत्यकामा एकैदिन २ हजार ८ सय २१ जना संक्रमित थपिएका हुन।

जसमध्ये काठमाडौंमा १७ सय ६१ ललितपुरमा ६ सय ९४ र भक्तपुरमा ३ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ।

देशभर १ लाख १५ हजार ५ सय ४७ जना संक्रिय संक्रिमत रहेको मन्त्रालयले जनाएको छ।

ती मध्ये १ लाख ८ हजार ९ सय ६५ जना होम आइशोलेशनमा र ७ हजार ३ सय ४९ जना संस्थागत आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भयो।

हाल देशभरका अस्पतालमा १७ सय २१ जनाको आइसीयू र ४ सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE