Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

प्रतिस्थापन विधेयकमार्फत् आजै नयाँ बजेट आउने

२५ भदौ,काठमाडौँ-सरकारले आज नयाँ बजेट ल्याउने भएको छ। प्रतिनिधि सभामा प्रतिस्थापन विधेयकमार्फत् सरकारले आजै नयाँ बजेट पेस गर्न लागेको संसद सचिवालय स्रोतले जानकारी दिएको छ।

यसअघि आजै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजी अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेट अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए।

अध्यादेश प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेसँगै नयाँ बजेट ल्याउने बाटो खुलेको हो। सभामुख अग्नि सापकोटाले आजै प्रतिनिधि सभाको अर्को बैठक डाकेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE