Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कांग्रेसले भन्यो, ‘डा. केसीसंगको सहमति फेरि उल्लंघन नगरियोस्’

२५ असोज 
काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सहमतिको स्वागत गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आइबार एक विज्ञप्ति जारी गर्नुहुँदै केसीसँग भएका सहमतिलाई सरकारले इमान्दार ढंगले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
 
कांग्रेस प्रवक्ता शर्माले यसअघि सरकारले गरेका सहमति कार्यान्वयन नहुँदा डाक्टर केसी यसपटक पनि अनसनमा बस्नुपरेको उल्लेख गर्दै इमान्दार ढंगबाट सहमति कार्यान्वयन गर्न माग गर्नुभएको छ। डाक्टर केसीले आइतबार बिहान अनसन तोडेका हुन्। उनको यो १९ औं अनसन थियो ।
 
‘आमरण अनशनको २७ दिन पुग्दै गर्दा डा। गोविन्द के।सी। र संघीय सरकार बीच भएको सहमतिलाई नेपाली कांग्रेस स्वागत गर्दछ । स्वदेश र बिदेशबाट विभिन्न माध्यमबाट, विभिन्न ढंगले पछिल्लो आन्दोलनमा सरिक सबैमा बधाई ज्ञापन गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘थप द्वन्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न कांग्रेस वर्तमान सरकारलाई सजग गराउँदै सार्वजनिक रुपले आग्रह समेत गर्दछु।’

WRITE COMMENTS FOR THIS ARTICLE