एक्सपाएर डेविट कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने २ जना पक्राउ
एक्सपाएर डेविट कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने २ जना पक्राउ
२१ असार, काठमाडौं– एक्सपाएर डेविट कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकालेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं भत्केको पुल बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भएका ३० वर्षीया सावित्री गुरुङ रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुले सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिम मेसिनबाट एक्सपाएर भएको डेविड कार्ड प्रयोग गरी पैसा निकालेको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट लोयड्स भिड डेविट कार्ड लन्डन र २१ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
उनीहरुले लोयड्स भिड डेविट कार्ड लन्डन एक्सपाएर भएको कार्डबाट चावहिल, कालोपुल, हात्तिसार भाटभटेनी ईलाकामा रहेको एटिएमबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको तथा निकालेको उक्त रकममध्ये १० लाख ५० हजार सहकारीमा राखेको अनुसन्धानबाट खुल्न आएको परिसरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE