चर्चा कमाउनका लागि सुन्नै नसकिने गीत बजारमा लिएर आएको देख्छु

९ आश्विन,काठमाडौं – सानै देखि सांगितिक क्षेत्रमा प्रवेश गरेका युवा गायक मुकेश कटुवाल सँग सवाल मिडिया डटकमका मनिष रञ्जन बरालले गरेको कुराकानी :
पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?
म आज भोलि नयाँ गीत को काममा व्यस्त छु ।नयाँ एउटा चकलेटी गीत बजारमा लिएर आउने तयारी मा जुटेको छु ।
कति ओटा रचना सृजना गर्नु भयो ?
अहिले सम्म लग भग ४५ ओटा जति गीत रेकर्ड गरिसकेुको छु भने त्यस्तै १५ ओटा जति गीत को भिडियो सार्वजनिक गरेको छु त्यो भन्दा अगाडि अडियो को जमना मा १२ ओटा गीत सार्वजनिक गरिसकेुको छु ।
बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल कसरी बित्यो भन्ने कुरामा जब आफूले थाहा पाउन थाले त्यो बेला म गीत संगीत मा धेरै रमाउने अनि गाउने गर्थे । अलि अलि चञ्चले स्वभावको थिए जहाँ नाच गान अनि सांगीतिक कार्यक्रम हुने गर्थ्यो म त्यही पुगेर नाच्ने अनि गाउने पनि गर्थिए । यस्तै यस्तै कुरामा मेरो बाल्यकाल कति खेर बित्यो थाहै भएन।
नेपाली गित संगीतमा बिकृती कस्तो पाउनुभएको छ ?
नेपाली गीत संगीत मा धेरै नै विकृति देखा परेकाछन् । गीत संगीत यस्तो हो जुन बूढा पका देखि केटा केटी ले सम्म सुन्ने गर्छन् । मनोरञ्जन लिने संगीत लाई आज भोलि यो सङ्गीत क्षेत्र मा चर्चा कमाउन को लागि भए पनि सुन्नै नसक्ने खालको गीत बजार मा लिएर आएको देख्छु । मलाई लाग्छ यस्तो गीत संगीत ले हाम्रो यो पवित्र सांगीतिक क्षेत्रमा धेरै असर परेको महसुस गरेको छु।
तपाइको भावि योजना के छ ?
मेरो भावी योजना भनेको अब म यो सांगीतिक क्षेत्र मा नयाँ अनि अहिले को जेनेरेशन लाई मिल्दो अनि जुल्दो सम्पूर्ण नेपाली को मन मुटुमा बस्न सक्ने प्रकारका गीत र भिडियो हरु लिएर आउने योजना मा छु ।
अन्तिममा केहि भन्न चाहनुहुन्छ ?
अन्तिम मा मेरो भन्नु यो छ सम्पूर्ण दर्शक अनि स्रोताहरुले नेपाली गीत संगीत लाई माया गर्नु पर्छ तपाईं हरु हुनुहुन्छ र पो हामी छौँ यस सांगितिक क्षेत्रमा जो कोही नयाँ कलाकार हरु आउनु हुन्छ विकृति फैलाउने खाले गीत भन्दा पनि भगवान रूपी दर्शक को मन जित्ने खाले गीत लिएर आउन अनुरोध गर्छु । जय गीत जय सङ्गीत
गायक कटुवालको पछिल्लो गीत
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE