युरोकपः अन्तिम १६ मा पुग्ने टोलीको आज छिनोफानो हुँदै
‘ग्रुप अफ डेथ’का खेलमा दर्शकको चासो
९ असार, काठमाडौं– जारी युरोकपका १६ औँं संस्करण अन्तर्गत आज समूह चरणका अन्तिम खेलहरु हुँदैछन् । आज युरोकपमा अन्तिम चार खेल हुँदैछ जसले अन्तिम १६ को समिकरणको छिनोफानो गर्दैछ ।
अहिले चार समूहको विजेता र समूह उपविजेता तथा दुई उत्कृष्ट उपविजेताले अन्तिम १६ मा स्थान बनाएका छन् ।
यस्तै आजको खेलपछि समूह ई र एफ समूहको विजेता र उपविजेता अनि तेस्रो हुने मध्ये उत्कृष्ट चार टोलीको टुङ्गो लाग्नेछ ।
आज हुने समूह ई अन्तर्गतका खेलमा स्लोभाकिया र स्पेन तथा पोल्याण्ड र स्वीडेन राति ९ः४५ बजे भिड्नेछन् ।
स्पेनले आजको खेल उसको घरेलु मैदान सेभियामा खेल्नेछ । उता अर्को खेलमा स्वीडेन र पोल्याण्ड भने रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ ।
दुई खेल बराबरी खेलेको स्पेनलाई सुरक्षित रुपमा अन्तिम १६ को स्थानमा रहन जितको आवश्यकता छ । यत स्लोभाकिया भने बराबरीले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरी प्रवेश गर्न सक्नेछ ।
यसैगरी ‘ग्रप अफ डेथ’ को रुपमा चिनिएको समुह एफको खेल राती १२ः४५ बजे सुरु हुनेछ।
यस समूहमा अघिल्ला संस्करणका विश्वकप विजेता र यूरोपेली विजेतासहित तीन पूर्व विजेता छन् ।
यो समूहको खेलमा आज राति अघिल्लो विश्व विजेता फ्रान्स र युरोपेली विजेता पोर्चुगल भिड्नेछ । गत संस्करणको यूरोकपको फाइनल खेलेमा प्रतिस्पर्धा गरेका यी टोली समूह चरणमै आमनेसामने लागेका हुन् ।
यसै समूहको दोस्रो खेलमा जर्मनीले घरेलु मैदानमा हंगेरीको सामना गर्दैछ ।
‘ग्रुप अफ डेथ’मा फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा छ र जस्तो नतिजा आए पनि नकआउटमा प्रवेश गर्नेछ । जर्मनी र पोर्चुगलको भने समान ३ अंक छ भने हंगेरी १ अंकसहित समूहको पुछारमा छ ।
पोर्चुगललाई पराजित गरेमा फ्रान्स समूह विजेता बन्नेछ । यस्तै पोर्चुगललाई पनि फ्रान्सलाई हराउँदै समूह विजेता बन्ने अवसर छ तर त्यसका लागि जर्मनी र हंगेरीबीचको खेलको नतिजा कुर्नुपर्नेछ ।
यदि फ्रान्स र हंगेरी विजयी भएमा भने पोर्चुगल अन्तिम स्थानमा हुनेछ । जर्मनीले हंगेरीलाई पराजित गरेमा र फ्रान्ससँग एक गोल अन्तरले हारेमा पनि पोर्चुगल उत्कृष्ट तेस्रो टिममध्ये एक हुँदै नकआउट चरणमा प्रवेश गर्नेछ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE