Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

अखिल नेपाल युवक संघ गाउँपालिकाको भेला सम्पन्न, नयाँ कार्यसमिति गठन

सीताराम थापा
बागलुङ्ग-बागलुङ्ग जिल्लाको बरेङ गाउँ पालिकामा अखिल नेपाल युवक संघ बागलुङ्गले विशेष भेला सम्पन्न गरेको छ । स्थानीय तहको अधिकार र विकास बजेट बृद्धि गर, मंहगी, भ्रष्टाचार र कालो बजारी नियन्त्रण गर भन्ने मुल नाराका साथ सञ्चालन गरेको भेलामा “जागौं युवा, लागौं युवा” बिशेष संगठनात्मक अभियान अन्तर्गत बरेङ गाउँपलिका स्तरीय भेला आईतबार हुग्दिशिर बरेङ बजारमा सम्पन्न भएको हो ।

भेलाले दुर्गा थापाको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय समिती गठन गरेको छ । समितीमा उपाध्यक्ष, सचीव, सह–सचीव र कोषाध्यक्षमा क्रमशः सन्तोष पोखरेल, माया पुन, कुल बहादुर खत्री, तारा प्रसाद पौडेल र सदस्यहरु तुल बहादुर थापा, पदम खड्का, कृष्ण प्रसाद शर्मा, अनिता सुनार, धनिश्वर शर्मा, सोम शेर्पुजा रहनु भएको छ । नारायण शर्मा, मीन बहादुर पुन, कमल पौडेल, इन्द्र बहादुर घम, चेतमान खत्री रहेको ५ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ ।

माघ ११ बाट सुरु भएको युवक संघ बाग्लुङले बाग्लुङ्गका विभिन्न वडाहरुमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी वार्ड स्तरीय समिति गठन गरेको गण्डकी प्रदेशका संजाल शर्माले जानकारी दिनु भयो । जागरण अभियान १४ गते देखि १९ गते सम्म बागलुङको जैमिनी नगरपालिकामा केन्द्रित रहने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE