सेयर बजार फर्कने मुडमा, नेप्से ११.३३ अंकले बढ्दा कारोवार रकम ८ अर्ब नाघ्यो
सेयर बजार फर्कने मुडमा, नेप्से ११.३३ अंकले बढ्दा कारोवार रकम ८ अर्ब नाघ्यो
३१ असार, काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार परिसूचक नेप्सेमा ११.३३ अंकको वृद्धि भएको छ ।
अघिल्लो कारोवार दिन (बुधबार) बजार र कारोवार स्थिर रहेको थियो ।
बिहीबार भने बजारमा दोहोरो अंकको वृद्धि र कारोबार रकममा सुधार देखिएको छ ।
बिहिबार २२३ कम्पनीका ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ७३ हजार २७२ पटक खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब १४ करोड बढी रहेको थियो ।
बुधबार पाँच अर्ब ६५ करोडको मात्रै सेयर खरिद(बिक्री भएको थियो ।
बिहिबार कारोवार हुने कम्पनीमा ङादी पावर ग्रूपको सेयर मूल्य सबैभन्दा धेरै ९.४० प्रतिशतले बढ्यो भने १०.३५ प्रतिशतको कृषि विकास बैंकको डिबेन्चरको मूल्य ३.९० प्रतिशतले घट्न पुग्यो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE